|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार अपरान्ह ५ बजे बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाकिएको हो। 

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन्। थापाका अनुसार उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन्। 

प्रधानमन्त्री ओलीले यसअघि भारतले मिचेको नेपाली भूमिबारेमा वैशाख ३१ गते सर्वदलीय बैठक बोलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.