|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिरहेका छन्। उनले बजेट प्रस्तुत गर्दै समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको दाबी गरेका छन्। 

खतिवडाले फागुनसम्म आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै कोरोनाका कारण अब चुनौती बढेको बताए। उनले विदेशी मुद्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको बताएका छन्। 

त्यसैगरी निर्यात १२ . ९ प्रतिशतले बढेको बताउँदै खतिवडाले आयात घटेको उल्लेख गरेका छन्। चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको उनले बताए। 

बिमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट बढेर ७० लाख पुगेको उनले बताए। असहज परिस्थितिका बीच सडक विमानस्थल र सिञ्चाई योजना बनिरहेका छन् ।

उनले आधारभूत खानेपानी ९० प्रतिशतमा पुगेको बताए भने काठमाडौं उपत्यका सडकमानव मुक्त भएको उल्लेख गरेका छन्। सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक रहेको बताउँदै खतिवडाले  विद्यालयमा भर्नादर बढेको जनाएका छन्। 

खतिवडाले मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित गर्न सफल भएको उल्लेख गरेका छन्। कुल ग्राहस्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी रहेको उनले बताएका छन्। 

खतिवडाले कोरोनाका कारण पर्यटन यातायात निर्माणत उद्योग संकुचित हुने अनुमान गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.