|

काठमाडौं : सरकारले कोरोना भाइरसको संकटका कारण बढेको जटिलतालाई हटाउन रोजगारीको कार्यक्रम बढाउने भएको छ। रोजगारीका थप अवसर बढाउन 'आफ्नो गाउँ आफैं बनाऔं' जस्तै बिपन्‍न परिवार लक्षित 'कामका लागि खाद्यान्‍न कार्यक्रम' अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन्।

आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगारी कार्यक्रमको दायरा फराकिलो बनाएर थप २ लाख  रोजगारी बढाउने गरी ११ अर्ब ६० करोड बजेट बिनियोजन गरिएको उनले बताए। 

खतिवडाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई विकास निर्माणका काममा लगाउन आवश्यक सीपमूलक तालिमको ब्यवस्था समेत बजेटमा गरिएको बताए। यो बजेटमा सबै किसिमका सामाजिक सुरक्षा भत्ता यथावत राखिएको छ। सरकराले सा.सु. भत्ताका लागि ६७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.