|

सर्लाही : सर्लाहीमा सोमबार एकैदिन १२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन्। सर्लाहीमा १२० जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै उनले दिएको जानकारी अनुसार सोमबार मात्रै संक्रमण पुष्टि भएकामा ब्रम्हपुरी गाउँपालिकाका ४३, विष्णु गाउँपालिकाका ३४, ईश्वरपुर नगरपालिका १८, चक्रघट्टा गाउँपालिका १५ र बलरा नगरपालिका ९ जना रहेका छन्।

त्यसैगरी  रामनगर गाउँपालिकाकाका १ जना रहेका छन्। थपिएका १२० जना कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको जानकारी प्रजिअ जिसीले दिए। 

सोमबार थपिएका पालिकाहरुमध्ये विष्णु, ब्रम्हपुरी र बलरा भारतीय सिमावर्ती पालिका हुन् भने अन्य पालिकाहरु केही उत्तरतर्फका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.