काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण फेर्द...
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय संगतिपूर्ण नरहेको बताएका छन।
डा. भट्टराईले राष्ट्र विखण्डनमा लागि परेको सिके राउतसँग सहमति गरेको सरकारले विप्लव नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताए।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्मकैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाएका थिए।
संयोजक भट्टराईलेविप्लव नेतृत्वको नेकपा उग्रवामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरूलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्नेमा प्रतिबन्ध लगाउने निर्णय लिनु ठीक नभएको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।