चन्द्रौटा : कपिलवस्तुको बाणगंगा नगरपालिका-७ कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। दाउरा संकलन गर्ने क्रममा वाणगङ्गा नगरपालिका कपिलधाम...
सर्लाही : जिल्लाको उत्तर पूर्व ईश्वरपुर नगरपालिका १३, गौरीशंकरस्थित बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर एक बालक बेपत्ता भएका छन्। स्काभेटर लगाएर गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबी स्थानीय लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादव बेपत्ता भएका हुन्।
शनिबार दिउँसो पानीमा डुबेर बेपत्ता भएका बालकको गाउँले र प्रहरी मिलेर खोजी गरिरहेका भए पनि साँझ अवेरसम्म बालकको अवस्था थाहा हुन सकेको छैन। बालकको खोजीका लागि नेपाली सेनासँग समन्वय भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए। उनका अनुसार अमितसँगै पौडी खेल्न गएका अर्का एक बालक भने सकुशल बाहिर निस्कन सफल भएका छन्।
बस्ती नजिकको खोलामा जथाभावी ठूल्ठूला खाल्डो बनाएर गिट्टी बालुवा ननिकाल्न ईश्वरपुर नगरपालिका र बाँके खोला पारी पर्ने महोत्तरीको गौशाला नगरपालिकाको पटक-पटक ध्यानाकर्षण गराउँदा समेत चासो नदिँदा यस्तो घटना भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। गौरीशंकरका स्थानीय धर्मेश्वर महतोका अनुसार गत वर्ष पनि सोही खाल्डोमा डुबेर एउटा भैंसी मरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।