|

प्रहरीले घाँटी थिचेर जर्ज फ्लोयडको हत्या गरेपछि अमेरिकाभर यतिखेर रङ्गभेद विरोधी आन्दोलन चलिरहेको छ।

फ्लोयडको हत्यामा संलग्न प्रहरी अधिकृत डेरेक चाउविनले चाहिँ १० लाख अमेरिकी डलरभन्दा बढी पेन्सन पाउने भएका छन्।

जर्ज फ्लोयडको अन्त्येष्टि : आमाकै चिहानछेउ गाडियो, हत्या गर्नेलाई जमानत

मिन्नेपोलिसका प्रहरी अधिकृत डेरेकले २५ मे मा फ्लोयडलाई भुईँमा लडाएर घुँडाले घाँटी थिचि मारिदिएका थिए। गिरफ्तार गरेपछि फ्लोयडको घाँटीलाई ती प्रहरी अधिकारीले लगभग ९ मिनेटसम्म घुँडाले दबाएका थिए।

फ्लोयडको हत्या मामिलामा डेरेक दोषी ठहर भएपनि उनले अवकाशपछि पाउने पेन्सन सुविधा लिनसक्ने सीएनएनले जनाएको छ।

आन्दोलनकारीसामू अमेरिकी प्रहरीले घुँडा टेक्यो

सन् २००१ देखि प्रहरी सेवामा प्रवेश गरेका डेरेकलाई फ्लोयडको हत्या भएलगत्तै सेवाबाट बर्खास्त गरिएको थियो। फ्लोयडको हत्यामा संलग्न अन्य तीन प्रहरी अधिकारी पनि बर्खास्तीमा परेका छन्। 

निकै ठूलो अपराधमा कानूनी कारबाही सामना गरिरहेपनि डेरेक करदाता जनताबाट उठाइएको रकमबाट दिइने पेन्सनको हकदार रहेको बताइएको छ।

के अमेरिका पछाडि फर्किँदैछ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.