अघिल्लो दिन ७ सय २१ भोलिपल्ट ६ सय ८९
अघिल्लो दिन ७ सय २१ भोलिपल्ट ६ सय ८९
दैलेख : कर्णाली प्रदेशका १० जिल्लामध्ये कोरोना भाइरस कोभिड १९ को केन्द्र बन्दै गएको दैलेखमा कोरोना भाइरसको विषयमा कति लापरवाही भएको छ भन्ने प्रस्ट भएको छ।
असार ४ गते बिहीबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको विवरण स्वास्थ्य सेवा कार्यालय दैलेखले सार्वजनिक गरेको भए पनि असार ५ गते शुक्रबार ६ सय ८९ जना मात्र कोरोना संक्रमित रहेको विवरण सार्वजनिक गरेको हो।
स्वास्थ्यले असार ४ गते सार्वजनिक गरेको विवरण अनुसार असार ५ गते शुक्रबार सम्म दैलेखका ३२ जना कोरोना संक्रमित हराएका छन्। विवरण अनुसार ४ गते बिहीबारसम्म नारायण नगरपालिकामा १ सय ९९ कोरोनाका बिरामी रहेको उल्लेख गरिएको छ ।
यस्तै दुल्लु नगरपालिकामा ७४ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा ३ जना, आठबीस नगरपालिकामा २१ जना ठाटिकाध गाउँपालिकामा ३ जना, भैरवी गाउँपालिकामा १० जना, महाबु गाउँपालिकामा १ सय ८४, जना नौमुले गाउँपालिकामा १ सय ४१ जना रहेको उल्लेख गरिएको छ।
यस्तै भगवतीमाई गाउँपालिकामा ११ जना, डुंगेश्वर गाउँपालिकामा ६८ जना, गुराँस गाउँपालिकामा ७ जना, संक्रमित रहेको उल्लेख गरिएकोमा असार ५ गते शुक्रबारको विवरणमा बाँकी ३२ जना छैनन्।
यस्तो छ ५ गतेको विवरण
स्वास्थ्य सेवा कार्यालय दैलेखले असार ४ गते सार्वजनिक गरेको विवरणमा ७ सय २१ संक्रमित भएको उल्लेख थियो। तर असार ५ गते शुक्रबार ३२ जना संक्रमित गायब गर्दै जिल्लामा ६ सय ८९ जना कोरोनाका बिरामी रहेको उल्लेख गरिएको हो।
असार ५ गतेको विवरण अनुसार नारायण नगरपालिकामा १ सय ९९ जना, दुल्लु नगरपालिकामा ७४, जना चामुण्डामा ३ जना, आठबिसमा २१ जना ठाटिकाध गाउँपालिकामा ३ जना छन्। यस्तै भैरवीमा १२ जना, महाबुमा १ सय ५०, जना नौमूलेमा १ सय ४१, जना भगवतीमाईमा ११ जना, डुंगेश्वरमा ६८ जना, गुराँसमा ७ जनासहित ३२ जना कोरोना संक्रमित तथ्यांकबाटै हराएका छन
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले स्वाब कलेक्सन गर्दाको समयमा ल्याब फम भर्दा मिस्टेक भएको स्वीकार गरेका छन् । उनले दोहो¥यार स्वाब लिएको मान्छेको नयाँ कोर्ड हालिएकाले मिस्टेक भएको र पछिल्लो दिन सच्याइएको बताए।
कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा संक्रमण देखिएको हो।
भैरवी गाउँपालिकाका तीन, गुराँस गाउँपालिकाका एक, महाबु गाउँपालिकाका १२, नौमूले गाउँपालिकाका एक र नारायण नगरपालिकामा दुई जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ८ जना पुगेको छ।
कोरोना संक्रमित मध्ये नारायणमा दुई सय एक, दुल्लुमा ७४, चामुण्डामा ३, आठबीस नगरपालिकामा २१ तथा ठाटीकाँधमा ३, भैरबीमा १५, महाबुमा एक सय ६३, नौमूलेमा एक सय ४१, भगवतीमाईमा ११, डुङ्गेश्वरमा ६८ र गुराँस गाउँपालिकामा ८ जना छन्। ती मध्ये ३३ महिला सहित ३३४ जना संक्रमितलाई घर पठाइएको छ। यी मध्ये अधिकांशलाई दोस्रो पटक परीक्षण नगरी डिस्चार्ज भएका हुन्। जिल्लामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक जना छ।
दैलेखमा कोेरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारीमा कोरोना संक्रमण देखिएको रेग्मीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।