|

काठमाडौं : फोहोर संकलन गर्ने र सरसफाइ कर्मचारीहरु कोरोना उच्च जोखिममा रहेको सरकारले बताएको छ। क्वारेन्टाइनमा बसेका मानिसले गरेको फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषण भइरहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सम्मेलनमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले बताए।

उनले भने,' फोहोरको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय बासिन्दाहरूमा कोरोना फैलिने त्रास रहेको भन्ने सुनिन आएकोमा सरकार चिन्तित रहेको छ।'  कोभिड-१९ महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनको अन्तरिम निर्देशिका तयारी गरी सार्वजनिक गरिएको गौतमले जानकारी दिए।

'कोरोना भाइरस मानिसको शरीरभन्दा बाहिर धेरै दिनसम्म जिउँदो रहँदैन,' उनले भने,'यो भाइरसको कारण सरसफाइकर्मीलाई न्यूनतम जोखिम हुनसक्छ भन्ने आकलन गरिएको छ।' कोरोना भाइरस बाहिरी वातावरणमा बाँच्ने अवस्था विभिन्न कारक तत्त्वहरुले निर्धारण गरेको हुने प्रवक्ता गौतमले बताए।

क्वारेन्टाइनबाट निस्केको फोहरमैलालाई जलाउने कार्यबाट विसर्जन गरिने विधिको अन्त्य गरेको उनको भनाइ छ। क्वारेन्टाइनबाट निस्किएका फोहोरलाई सर्फ पानीले धोएर वा क्लोरिन पानीमा आधा घण्टासम्म डुबाएर स्थानीय सरकारको फोहोरमैला बिसर्जन गर्ने प्रणालीअनुसार गर्न आग्रह गरे।

पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै, सोमबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या छ। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार २ सय ९४ छ। हालसम्म देशभर कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५  पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.