|

काठमाडौं : पछिल्लो  केही दिनयता नेपालमा देखिएका कोरोना भाइरस (कोभिड–१९) को लक्षणसहितका सङ्क्रमित भेटिन थालेपछि झनै जोखिम हुने हुँदा चिकित्सकहरूले थप परीक्षण र सतर्कता अपनाउनुपर्ने बताइरहेका छन् । यसका लागि परिक्षण थप गर्ने र नगर्ने बिषयमा स्वास्थ्य मन्त्रालयका सचिव र विशेषज्ञ बिच भनाभन भएको छ।

विगतमा  प्रतिदिन ७ हजारसम्म नमुना  परीक्षण  गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल  दैनिक परीक्षण तीनदेखि चार हजारको वरपर घुमिरहेको छ। लक्षण सहितका संक्रमित देखिन थालेपछि र संक्रमण समुदायमा पुगेकाले परीक्षणको दायरा व्यापक बनाउनुपर्ने  स्वास्थ्यकर्मीहरूले बताइरहेका छन्।

तर, कोरोनासँग लडिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने पिसिआर परिक्षणको विषयमा लिएर विवाद सुरु भएको छ। स्रोतका अनुसार पिसिआर परीक्षणको दायरा अझै बढाउनुपर्ने विषयमा मन्त्रालयका सचिव लक्ष्मण अर्याल र प्रमुख विशेषज्ञ चिकित्सक डा रोशन पोखरेल बीच विवाद भएको हो।

जसले गर्दा स्वास्थ्य मन्त्रालयभित्र विवाद देखिन थालेको हो। परीक्षणको दायरा फराकिलो बनाउने वा योभन्दा पनि अझै घटाउने भन्नेमा विवाद सुरु भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। उनले भने, ‘पिसिआर परीक्षणको दायरा बढाउने विषयमा विवाद भएको हो।'

स्रोतका अनुसार  स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले परीक्षणको दायरा बढाउनुपर्ने पक्षमा उभिएका तर सचिव अर्याल भने  राज्यसँग पैसा नभएको भन्दै परीक्षणको दायरा अझै घटाउनुपर्ने बताएका थिए। तर सचिव अर्यालले परीक्षणको दायरा घटाउनु पर्ने र विगतमा परीक्षणका लागि बनाएका निर्देशिकाहरु परिमार्जन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि मन्त्रालयमा विवाद सुरु भएको  बताइएको छ।

यही विषयमा केही दिन  स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नै सहभागी भएर मन्त्रालयमा कोभिड १९ सम्बन्धी बैठकमै दुईबीच विवाद भएको बताइएको छ। स्रोतले भन्यो,  ‘सचिव अर्यालले पैसा छैन भनेपछि डा पोखरेलले पैसा पुग्दैन भन्ने तपाईले हैन,  तपाईं स्वास्थ्य सचिव जसले गर्दा हामीले प्रस्‍ताव लैजाने हो पैसा दिने नदिने कुरा अर्थ मन्त्रालयको  भन्दै मन्त्रीकै अगाडि सचिवसँग कड्किएका  थिए।‘ प्रमुख विशेषज्ञको  उक्त  भनाइलाई सबै स्वास्थ्यका अधिकारीहरूले समर्थन गरेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.