|

काठमाडौं: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिएसँगै नयाँ बन्ने सरकार समीकरणबारे छलफल गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।

व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा साढे ८ बस्ने बैठकले नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा समेत निर्णय गर्ने कांग्रेस नेता बिमलेन्द्र निधिले जानकारी दिए। माओवादी केन्द्रले अब बन्ने सरकारको नेतृत्वमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने दावी गरेका छन्।

सोमबार सरकारको समर्थन फिर्ता लिएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता कृष्णबहादुर महराले प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता पत्र आफूहरुको हातमा परिसकेको दावी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.