|

काठमाडौं : स्वास्थ्य बीमा बोर्डका अध्यक्षसहित पदाधिकारीले पदबहाली गरेका छन्। अध्यक्षमा नियुक्त डा. सेनेन्द्रराज उप्रेती तथा सदस्यहरु डा. सुरेश तिवारी र चन्द्र थापाले स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा सपथग्रहण गरेका हुन्। 

अध्यक्ष डा.उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबाट सपथग्रहण लिए। सदस्यहरु डा. तिवारी र थापाले अध्यक्षबाट सपथ लिएका थिए। शपथग्रहणसँगै उनीहरुले पदबहाली गरेका हुन्।

स्वास्थ्य मन्त्री ढकालको मन्त्रिस्तरीय निर्णयबाट सदस्यहरूमा डा. तिवारीलाई विज्ञबाट र बिमितहरुबाट चन्द्र थापालाई ४ वर्षे कार्यकालका लागि मनोनित गरेका हुन्। 

स्वास्थ्य बीमा ऐन २०७४ ले सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव भएका मध्येबाट दुई जना महिलासहित तीनजना र बिमितबाट एक महिलासहित दुईजनालाई मन्त्रालयले मनोनित गर्ने व्यवस्था गरेको छ। 

स्वास्थ्य बीमा बोर्डमा स्वास्थ्य मन्त्रालयका सहसचिव र अर्थ मन्त्रालयका सह-सचिव पदेन सदस्य रहन्छन्। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकलाई सदस्यसचिव तोकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.