|

बिसिसिआईले आइतबार आइपिएल प्लेअफको सेड्युल सार्वजानिक गरेको छ। लिगको फाइनल १० नोभेम्बरमा दुबईमा हुने तय भएको छ। 

पहिलो क्वालिफायर ५ नोभेम्बरमा दुबईमा हुने छ। एलिमिनेटर ६ तथा दोस्रो क्वालिफायर ८ नोभेम्बरमा अवुधावीमा हुने तय भएको छ। 

लिगमा ४५ खेल सकिंदा १४ खेल बाँकी छन्। अहिले मुम्बई, दिल्ली तथा बैंगलोर प्लेअफ नजिक रहँदा थप एक टिमका लागि भने कोलकता र पञ्जाब दाबेदारीमा सर्वाधिक अघिरहेका छन्। 

के हो क्वालिफायर र एलिमिनेटर राउन्ड ?

अंक तालिकाको शीर्ष चारमा रहने टीम प्लेअफमा पुग्ने गर्छन्। जसमा शीर्ष दुईमा रहने टीमले क्वालिफायर–१ खेल्ने गर्छन्। जसमा जित्ने टिम सिधैं फाइनलमा पुग्छ। जहाँ नम्बर ३ र ४ मा रहने टिम एलिमिनेटरमा प्रतिस्पार्धा गर्छन्। जहाँ जित्नने टीम क्वालिफायर–१ मा पराजित टिमसँग प्रतिस्पर्धा गर्छ। यसलाई क्वालिफायर–२ का रुपमा चिनिन्छ। जहाँ जित्नने टीमले फाइनलमा स्थान बनाउँछ।

प्लेअफ सेड्युल

नोभेम्बर ५– क्वालिफायर–१ (दुबई)
नोभेम्बर ६– एलिमिनेटर (अबुधावी)
नोभेम्बर ८– क्वालिफायर–२ (अबुधाबी)
नोभेम्बर १०– फाइनल (दुबई)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.