कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले तोकेका स्वास्थ्यका मापदण्ड अपनाई छठ पर्व मनाउन प्रदेशबासीलाई आव्हान गरेका छन। शुक्रवार प्रदेशबासीका नाममा सुभकामना सन्देश जारी गर्दै उनले कोरोना महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्यका सबै प्रकारका मापदण्ड अपनाई सावधानी पूर्वक छठ पर्व मनाउन आग्रह गरेका हुन।
छठ पर्वले प्रदेशबासीहरुमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारीवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउने प्रेरणा प्रदान गरोस भन्ने उनले कामना समेत गरेका छन।
‘देशमा कोरोना महामारी छ। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड तोकेको छ। सबै प्रदेशबासीले ती मापदण्डलाई पालना गरेर छठ मनाउनहुन मेरो आग्रह छ।’ उनको शुभकामना सन्देशमा भनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।