|

नवलपरासी : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान च्यात्ने कामको सुरुवात गरेको बताएका छन्।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड माधव समूहका नेता भुषालले जुन कारण देखाएर प्रतिनिधिसभा विघटन गरिएको हो त्यो वास्तविकता नभएर रहस्यमयी भएको बताए। 

प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कुनै  पनि हालतमा संसद पुनर्स्थापना गरेरै छाड्ने पूर्वकृषिमन्त्री भुसालले बताए राजाले खोसेको अधिकार त फिर्ता गरिएकोमा अहिले रैतीले जनताको अधिकार खोसेकोमा त्यसलाई पनि फिर्ता लिइने उनले बताए।  

सर्वोच्च अदालतले जनताको हितमा फैसला सुनाउने आशामा आफूहरु रहेको उनको भनाइ थियो। सर्वोच्चसँग कुनै पनि विमति नरहेको पनि उनले बताए। अहिलेको परिस्थितिले लोकतन्त्रमाथि नै आघात पुर्‍याएको उनको ठहर थियो। प्रतिनिधि सभा पुनर्स्थापनाको माग कम्युनिष्टहरुको मात्र नभएर सबै नागरिकको भएको उनले बताए। 

संसद पुनर्स्थापना हुन नसके लोकतान्त्रविरोधी शक्ति हाबी हुने र त्यसले देशलाई ठूलो क्षति हुने उनले बताए। तोकिएको समयमा चुनाव नहुने बताउँदै संसद पुनर्स्थापनाको विकल्प नरहेको उनको तर्क थियो। 

लोकतन्त्रमाथि पटक पटक आक्रमण हुँदा राष्ट्रवादी शक्तिहरु एक भएर लाग्नुपर्नेमा भुषालले जोड दिए। यस कार्यमा कार्यमा नेपाली कांग्रेस पनि सँग रहने उनले बताए

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.