|

इजरायली सेना बिहीवार वेस्ट बैंकको जेनिन र यसको शरणार्थी शिविरबाट तीन दिनको सैन्य कारबाही पछि फिर्ता भएको छ। जसमा १२ प्यालेस्टिनी मारिएका थिए र अन्य २५ जना घाइते भएका छन्।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले मंगलवार बिहान जेनिन शहर र त्यसको शिविरमा आक्रमण गरेको थियो। स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले सैन्य बुलडोजरहरूले पूर्वाधारहरू ध्वस्त पारेका बताएका छन्।

 जसले शहरको ठूलो भागमा बिजुली अवरुद्ध र सञ्चारमा अवरोध उत्पन्न गरेको थियो। जेनिनमा इजरायली बन्दुकको गोली लागेर चार बालबालिकासहित १२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। जेनिन र यसको शिविरमा प्यालेस्टिनी गुटहरूले मृतकहरूको शोकमा सामान्य हड्तालको घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.