|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन खुमलटार पुगेका छन्। 

गौतम प्रचण्डलाई भेट्न साढे नौ बजे खुमलटार पुगेका हुन् र अहिले छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। दुवैले पार्टी विभाजनपछिको समिक्षा गरेको बुझिएको छ। 

नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन्। तर, वामदेव तटस्थ छन्।  प्रचण्ड पत्नी सिता दाहाल विरामी परेपछि उनको स्वास्थ्य अवस्था बुझ्न वामदेव खुमलटार पुगेको बुझिएको छ। तर पार्टी विभाजन हुनै लाग्दा दुईको भेटलाई निकै अर्थपूर्ण हेरिएको छ। यस अघि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।  

आफू प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझन् गएको र त्यही सन्दर्भमा पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल भएको सिंहले जनाएका छन्। 

प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको गलत कदम भएको र यसको पूनस्थापनाका हुनुपर्नेमा दुवैको साझा दृष्टिकोण रहेको पनि सिंहले बताए। मसालका महामन्त्री सिंहले संसद विघटन विरुद्धको आन्दोलनमा समर्थन पनि जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.