|

बागलुङ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्लेमा चितुवाले आतंक मञ्चाएको छ। आइतबार बिहानैदेखि जंगलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीय तर्सिएका छन्।  

कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएको अवस्थामा देखिएको स्थानीयले बताएका थिए। आइतबार बिहान घरघरमै पुगेपछि स्थानीयले लखेटेका थिए।

पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार नवराज रिमालले बताए। चितुवाले आक्रमण गर्ने त्रासले स्थानीय चिन्तित भएपछि प्रहरी, सबडिभिजन वन कार्यालय र नेपाली सेना सहितको समूहले भगाउने प्रयास गरिरहेको छ।

‘हामीले जंगलतिर भगाउन धेरै प्रयास गरिसक्यौं, केही गर्दा चलेन्’, प्रहरी हवल्दार रिमालले भने, ‘चितुवा लठ्ठिएको अवस्थामा छ।’ सब डिभिजन वन कार्यालय कुश्मिशेरा, नेपाली सेनाको निर्माण कार्यदल, प्रहरी र स्थानीय समेत गरी ३०/४० जनाको समूहले धपाउँदासमेत चितुवा नभागेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.