|

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख नाघेको छ । छैठौं दिन सोमबार ७७ जिल्लाका १ सय ९१ खोप केन्द्रबाट २५ हजार १ सय ६८ जनाले लगाएसँगै खोप लगाउनेको संख्या १ लाख १३ हजार १ सय ७५ पुगेको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५,चौथो दिन १४ हजार ८ सय ९४, पाँचौ दिन २३ हजार ५ सय ८५ जनाले कोरोनाको खोप लगाएका थिए।

प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकीमा १३ हजार ९ सय २२, लुम्बिनीमा १४ हजार ६ सय ४०,कर्णालीमा ६ हजार १ सय ३१ र सुदूरपश्चिममा ७ हजार ८ सय ५७ ले खोप लगाएका छन्। भारतले अनुदानमा दिएको १० लाख डोज खोप काेराेना विरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने सरकारकाे योजना छ ।

भारतको सिरम इन्स्टिच्युटबाट निर्मित 'कोभिसिल्ड' खोप गत १४ गते देखि लगाउन सुरु गरिएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.