|

मकवानपुर : रेडियो थाहा सञ्‍चार ९९ दशमलव ६ एफएम, हेटौंडाको तेह्रौं वार्षिकोत्सव अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको छैठौं दिन आज मैत्रीपूर्ण फूटबल खेल आयोजना हुँदैछ।

अहिले विहान साँढे ७ बजेपछि हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता आयोजना हुन लागेको हो। खेल हेटौंडाको लोकतान्त्रिक चौरमा हुने रेडियोका म्यानेजर मणिराज गौतमले जानकारी दिएका छन्‌। 

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फागुन १ गते साइकल र्‍याली तथा मकवानपुरगढी गाउँपालिकाको बालमैत्री अभियानबारे अन्तरक्रिया, फागुन २ गते सामुदायिक थाहा विकास भवन हस्तान्तरण र रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया, फागुन ३ गते रक्तदान, फागुन ४ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा व्यवसायिक माछापालन प्रवर्द्धनमा मनहरी गाउँपालिकाको भूमिका विषयक अन्तरक्रिया, फागुन ५ गते हिजो ‘सवारी दुर्घटना न्यूनीकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरीय वक्‍तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। 

भोलि फागुन ७ गते वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम समापन आयोजना गरिने र थाहा वर्षसम्मान प्रदान गरिने स्टेशन म्यानेजर गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.