|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ। 

दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागिएको यो समूहले जनाएको छ। चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी नै रहनेछन्। जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ।

गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–माधव समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो। चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने जनाइएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.