|

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको तयारीमा जुट्नुपर्ने बताएका छन्। 

नुवाकोटमा पार्टी कार्यालय उद्घाटन गर्दै देउवाले आफ्नै पार्टीका नेताहरु चुनाव हुँदैन भन्दै हिँडेकोमा आपत्ति जनाए। ‘ओली र प्रचण्ड चुनावमा जान चुनाव चिन्हमा लडाइँ गर्दैछन्, हाम्रा साथीहरु चाँहि चुनाव हुँदै हुँदैन भन्दै हिँड्याछन्, देउवाले भने, 'भयो भने नि? चुनावको तयारी गर्दा के बिग्रिन्छ?'

तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि गिरिजा प्रसाद कोईरालाले घोषणा गरेको चुनाव पनि धेरैले हुँदैन भनेको स्मरण गर्दै देउवाले भने, 'त्यतिबेला पनि कहाँ हुन्छ चुनाव? भन्थे, आखिर चुनाव भएरै छाड्यो। अहिले पनि त्यसै भन्दैछन् । चुनाव भयो भने के गर्ने ? तयारी गर्नुपर्दैन ?' 

उनले चुनाव नभए प्रधानमन्त्री ओलीलाई सबै लागेर निकाल्नुपर्ने बताए। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट आउने निर्णय पर्खनुपर्ने उनले दोहोर्याए।

'अदालतलाई विश्वास गरौं न, हिजो प्रचण्डहरूले अदालतलाई धम्क्याए भनेर हामी पनि धम्क्याउन जाने त ? देउवाले भने ‘अदालतले पुनःस्थापना गरे स्वीकार गरौं, चुनाव भन्यो भने चुनावमा जाऔँ । चुनावमा जान तयार भएर बसौं ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.