|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै फागुन २० गते १ बजेसम्मका लागि बैठक स्थगित भएको छ। 

ढिला गरी सुरु भएको सो बैठकमा नेकपाका दाहाल–नेपाल समूहका नेता तथा पूर्व मन्त्री ईन्द्रबहादुर आङबोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

अविश्वासको प्रस्ताव पेश भएको उक्त बैठकमा भने सत्ता पक्षका कोही पनि प्रतिनिधिको उपस्थिति रहेको थिएन। आज (आइतबार) को बैठक रोक्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाबसमेत दिएका थिए भने बैठकअघि मुख्यमन्त्री राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्न समेत माग राखेका थिए।

तर  सभामुख प्रदिपकुमार भण्डारीले निर्धारित समयभन्दा ढिला गरी भए पनि बैठक राख्ने निर्णय गरी प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव टेबुल भएको थियो।प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रतिक्रया दिँदै  नेकपा प्रचण्ड–नेपालका संसदीय दलका नेता भीम आचार्यले सरकारको रबैया देखेर आफूहरु आश्चर्यचकित भएको बताएका छन्।

नेता आचार्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको २ महिना बितिसक्दा सरकारले सभामुख सांसदलाई धम्काएर सत्ता लम्बयाउने खालका गलत कदम चाल्दै आएको आरोप समेत लगाएका छन्।

‘आज पनि संसद नचलाउन भनेर लिखित दिएको छ भन्ने सुनेको छु, नेता आचार्यले भने, 'तर त्यसको बाबजुत अविश्वास प्रस्ताव टेबुल भएको छ। बैठक २० गते सम्म जानु हुँदैन थियो। यो सरकारको कारणले लामो अवधि गएको छ।’ 

अविश्वासको प्रस्ताव संसारको सबै इतिहास हेर्दा दुई महिनासम्म अविश्वासको प्रस्ताव राखेको कुनै इतिहासमा  नदेखेको आचार्यको भनाई छ। संसदको विश्वास गुमाइसकेका मुख्यमन्त्री राईले अनेकौं तिक्डम, धम्की दिएर, तर्साएर आफ्नो  आयु लम्ब्याउन खोजेका छन्,' उनले भने, 'त्यो कदम निरंकुश, तानाशाही, गलत र सत्तालिप्साको नमुना हो, त्यो एकदमै गलत छ। यसलाई हामी भर्त्सना गर्दछौं।’

प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आइतबार भएको प्रदेश सभा बैठकको घटनाले सरकारप्रति दया लागेको बताएका छन्। 

‘संविधानले व्यवस्था गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलगअलग अस्तित्व छ र सरकार कार्यपालिका भयो र कार्यपालिकाले व्यवस्थापिकालाई वेवास्ता गर्नु हुँदैन,' सचेतक कार्कीले भने, 'आजको घटनाले सरकारको दया लागेर आएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.