काठमाडौं : उपत्यकाको सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
काठमाडौं महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएपछि फागुन १२ गते प्रहरीले ८ जना अभियन्तालाई पक्राउ गरेको थियो। उनीहरूलाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरी हिरासतमा राखेको हो।
संघर्ष समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,'जननिर्वाचित प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र प्रतिगामी कदम सर्वोच्च अदालतको फैसलाबाट सच्चिँदा-नरसच्चिँदै ओली सरकारले काठमाडौंको बालाजु बाइपासमा जारी गैरन्यायिक सडक विस्तार गर्दै अभियन्ताहरूलाई फागुन १२ गते गिरफ्तार गरी अर्को अलोकतान्त्रिक र जर्तावरोधी काम गरेको छ।'
उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार र जनता गरी यहाँका जनताको उठिवासको गरेको पनि उनीहरूले बताएका छन्। सरकारबाट सडक विस्तारको नाममा निजी घरहरूमा डोजर लगाउने, स्ववासीहरूलाई उठीवास गर्ने काम भएको पनि विज्ञप्तिमा जनाइएको छ।
अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका छन्। सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।