|

काठमाडौं :  इङलिस प्रिमियर लिग फुटबलमा  चेल्सीले एभर्टनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि २–० को जित निकाल्यो। 

चेल्सीको जितमा जोर्जिन्होले एक गोल गरे भने एक गोल एभर्टनका बेन गडफ्रेले आत्मघाती गोल गरेका थिए।

जितपछि चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २८ खेलमा ५० अंक भएको छ। त्यस्तै एभर्टनको भने २७ खेलमा ४६ अंक रहेको छ र लिगमा छैठौं स्थानमा रहेको छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले लिड्स युनाईटेलाई दुई शून्यले नै पराजित गरेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.