|

काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स–११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।  टियू क्रिकेट मैदान किर्तिपुरमा काठमाडौं मेयर्स– ११ ले टस जितेर फिल्डिङ रोजेको छ। 

पुलिस आज तेस्रो जितको खोजीमा रहेको छ। पुलिसले यसअघि आर्मी र बागमती प्रदेशलाई पराजित गरेको थियो। पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। 

पुलिसले ३ खेलमा ४ अंक जोडेको छ। काठमाडौंको यो तेस्रो खेल हो। पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो। काठमाडौंले २ खेलमा २ अंक जोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.