|

सुुर्खेत : कर्णाली प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई सदस्य केपी ओलीको नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य मनोनित भएका छन्।

माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी र ठम्मर विष्ट एमालेको केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्। ठम्मर विष्ट केन्द्रीय सदस्य मात्र भएका छन् भने धर्मराज रेग्मी केन्द्रीय सदस्यसहित कर्णाली प्रदेश समिति सदस्य पनि भएका छन्।

शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवसहित केन्द्रीय सदस्य र विष्टलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो। यसैगरी बैठकले प्रदेश कमिटी इन्चार्जमा नेता यमलाल कँडेल, सह इन्चार्जमा गोरख बोगटी, प्रदेश अध्यक्षमा गुलाबजंग शाहलाई मनोनित गरेको छ। 

एमाले र माओवादी मिलेर बनेको नेकपामा कँडेल सहइन्चार्ज थिए भने बोगटी प्रदेश अध्यक्ष थिए। रेग्मीले माओवादी केन्द्रबाट दैलेख १ (क)बाट चुनाव जितेका हुन्। विष्टले सुर्खेत १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.