|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छिन्। 

अग्निप्रसाद खरेलले दिएको राजीनामा स्वीकृत भएसँगै उनले काठमाडौं महानगरपालिका–७ का बडाललाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। बडाललाई शुक्रबारै प्रधानमन्त्री ओलीले नियुक्तिका लागि सिफारिस गरेका थिए।

खरेलले संविधान धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम शुक्रबारदेखि नै लागू हुनेगरी खरेलले राजीनामा दिएका थिए। राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ताको हैसियतमा सम्पादन गरेका कार्यप्रति धन्यवाद व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.