|

काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहको छ।

अघिल्लो दिनहरुको तुलनामा पश्चिमी वायुको असर आज बढी देखिएकाले बिहानैदेखि देशका धेरै स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने जानकारी दिइन्।

उनका अनुसार प्रदेश २ का एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ। यस्तै‚ काठमाडौं उपत्यकामा पनि पानी पर्ने महाशाखाले जनाएको छ। उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम १२ डीग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.