|

रुकुम (पूर्व):  रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेबाट रुकुम पूर्वका एक गर्भवतीको उद्धार गरिएको छ। आइतबार रुकुम पूर्व सिस्ने गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

सिस्ने–५ रुमालबारकी २० वर्षीया बिमला विकलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र बुढाक्षेत्रीले जानकारी दिए। विकलाई सुत्केरीको व्यथा लागेपछि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा भर्ना गरिएको थियो। 

आइतबार बिहान सल्ले अस्पतालमा पुर्याइएपछि गर्भ जाँच गर्दा पेटभित्र सात महिलाको बच्चा मृत्यु भएको अवस्था रहेको डाक्टर राजकुमार भुजेलले जानकारी दिए। पेटभित्र मृत्यु भएको बच्चालाई महिलाले जन्माउन नसकेपछि सुर्खेत प्रदेश अस्पताल रिफर गरिएको डाक्टर भुजेलले बताए।

बच्चा पेटभित्र मृत्यु भएको जटिल अवस्थासँगै महिलालाई अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टर मार्फत सुर्खेत प्रदेश अस्पताल रिफर गरिएको सल्ले अस्पतालले जनाएको छ। रुकुम पूर्व अस्पताल भएपनि अस्पताल स्तरको सेवा सुविधा नभएपछि रुकुम पूर्वका अधिकांश बिरामीहरूलाई रुकुम पश्चिमको सल्ले अस्पातलमा पुर्याउनु पर्ने बाध्यता कायमै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.