|

काठमाडौं : गृह मन्त्रालयले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। 

यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ।

त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ। यसअघि गणतन्त्र दिवसको विदा पनि कटौति गरिएकाे थियाे।  यद्यपी २०७८ जेठ १५ मा शनिबार परेको छ।

(हेर्नुहाेस् राजपत्रमा प्रकाशित सूचना) 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.