|

कञ्चनपुर : कृष्णपुर नगगरपालिका–२ र ५ को सीमानामा पर्ने मछेली नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गर्ने एक जनालाई प्रहरीले ट्रयाक्टरसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २२ वर्षीय सागरराम लुहार छन्। बालुवा उत्खनन् गरिहेको अवस्थामा सु.प.प्र. ०२–००१ त १२८८ नम्बरको ट्रयाक्टरसहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

नियन्त्रणमा लिइएको ट्रयाक्टर र चालकलाई आवश्यक कारबाहीका लागि कृष्णपुर नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.