|

काठमाडौं : कुमारी बैंकले क्युआर कोडबाट भुक्तानीको व्यवस्था मिलाएको छ। बैंकले उपाय सिटी कार्गो लिमिटेडसँग यसकाे लागि मंगलबार सम्झौता गरेको छ। 

बैंकका संचालक समितिका अध्यक्ष राणाका अनुसार उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यूआरकोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने बैंक र कार्गोको मूल उद्देश्य रहेको छ।

यस सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन प्येमेन्ट र इमआई प्योमेन्ट अपसनलगायत थप सेवासुविधा प्रदान गर्ने उनले जानकारी दिए।

उनका अनुसार हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्षमा व्यापक रुपमा विस्तार भइरहेको छ।

आफ्नो डिजिटल सामर्थ्यलाई परिस्कृत गर्न बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६५ एटिएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता उनले गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.