|

धनगढी : सुदूरपश्चिममा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। 

प्रयोगशालामा ४९ नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढीका ३ जनासहित १० जनामा संक्रमण पुष्टि भएको हो। 

तीमध्ये ३ जनालाई आइसियू र २ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारी श्रेष्ठले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.