|

म्याग्दी : नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैटौँ जिल्ला अधिवेशनमा थाहा खबरका म्याग्दी संवाददाता ध्रुवसागर शर्मासहित ८ जना निर्विरोध निर्वाचित भएका छन्।

आइतबार भएको मनोनयन दर्तामा सोमबार दाबी-विरोध र उम्मेदवारी फिर्ता गर्ने अवधिमा जिल्ला समितिमा दुई पदसहित ८ जना निर्विरोध चयन भएका हुन्।

महासंघको नेतृत्वको लागि जिल्लामा दुई समूहले आइतबार मनोनयन दर्ता गरेका थिए। अध्यक्षका प्रत्यासी ठाकुरप्रसाद आचार्यको समूहबाट मनोनयन दर्ता गरेका केन्द्रीय परिषद सदस्य ध्रुवसागर शर्मा र सविता बानियाँ निर्विरोध भएका हुन्।

त्यसैगरी, आचार्यकै समूहबाट महिला सदस्य पदका उम्मेदवार जेनिसा पुरी, प्रदेश परिषद सदस्य पदका उम्मेदवार निर्मल खत्री र विक्रम बोगटी समेत निर्विरोध भएका निर्वाचन कार्यालयका संयोजक प्रेमबहादुर कार्की (दीपक) ले जानकारी दिए।

समावेशी सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका सुदर्शनकुमार श्रेष्ठ समेत निर्विरोध भएका छन्‌। त्यसैगरी, प्रदेश परिषद सदस्य पदमा अमर बानियाँ र देवी प्रसाद शर्मा समेत निर्विरोध भएका छन्‌।

​चैत २५ गते हुने निर्वाचनका लागि म्याग्दीमा दुई समूहले प्रतिस्पर्धा गर्दैछन्। प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (माधव समूह) को तर्फबाट क्रियाशील पत्रकारहरूको समूह बनाएर ठाकुर प्रसाद आचार्यको नेतृत्वमा साझा उम्मेदवारहरू तय गरिएको छ भने प्रेस चौतारी नेपालको तर्फबाट प्रकाश पौडेलको नेतृत्वमा उम्मेदवारी दर्ता भएका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.