काठमाडाैं उपत्यकामा मात्र १ सय ४९ जना थपिए

|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस्तै आज उपत्यकामा १ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन्। यही अवधिमा १ सय १३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षण क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० छ भने देशभर सक्रिय संक्रमित संख्या १ हजार ९ सय ७९ रहेको छ । क्वारेनटाइनमा ६९ जना छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.