|

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ।

उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन्।

दिउँसो साढे ३ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्।

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।

पटक-पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो। अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो।

अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको थियो।

​प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ। यस्तै, उपविजेता टिमले नगद ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.