|

इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन्। गएराति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो। 

यसअघि पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो। यी दुई टोलीबीचको फाइनल आइतबार भोलि चेन्नईमा हुनेछ। गएराति हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमात्रै बनाउन सक्यो । राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए । 

उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट हुँदा राजस्थानका अन्य ब्याटर चल्न सकेनन्। हैदरावादका शाहबाज अहमदले सर्वाधिक ३ विकेट लिए। अभिषेक शर्माले २ विकेट लिँदा प्याट कमिन्स र थंगारसु नटराजनले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.