|

काठमाडौं : आज देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १ को तराई र बाँकी प्रदेशका पहाडी केही भेगमा वर्षा हुनेछ। काठमाडौं उपत्यकामा पनि हावाहुरी‚ मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उपत्यकासहित देशका विभिन्न स्थानमा हिजो पनि हावाहुरी, चट्याङ र मेघगर्जनसहित हल्का पानी परेको थियो।

मेघगर्जन‚ चट्याङ र हावाहुरीको सम्भावना रहेकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ। केही दिन यता हरेक दिन जसो अपराह्नतिर हावाहुरी, चट्याङसहित सामान्य वर्षा हुँदै आएको छ। स्थानीय वायु सक्रिय भएर हावाहुरी, चट्याङसहित सामान्य वर्षा भएपछि घातक तुवाँलो भने केही हटेको मौसमविद् शाक्यले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.