|

सीमामा तनाव गरिरहेका भारत र चीनबीच वार्तामा फेरि गतिरोध निम्तिएको छ। 

चीनले भारतलाई लद्दाखस्थित वास्तविक नियन्त्रणरेखा (एलएसी) स्थित हट स्प्रिङ र गोगरा पोष्टबाट नहट्ने जवाफ दिएसँगै गतिरोध लम्बिएको हो।

इन्डियन एक्सप्रेसमा प्रकाशित एक समाचाअनुसार पूर्वी लद्दाखमा चीन र भारतबीच नियन्त्रण रेखामा जारी तनाव शुरु भएको एक वर्ष पुग्दैछ। तनाव हटाउन दुवै देशका सैन्य अधिकारीहरूबीच कम्तिमा ११ पटक वार्ता भइसकेको छ, तर विवादका मामिला अझै कायमै छन्। 

पछिल्लो पटक अप्रिल ९ तारिखमा दुई देशका कमाण्डरहरूबीच वार्ता भएको थियो। सो वार्ता क्रममा चीनले हट स्प्रिङ र गोगरा पोष्टबाट आफ्ना सैनिक फिर्ता लैजान अस्वीकार गरेको थियो। देपसाङ समथरलगायत स्थानमा सैनिक तैनाथीका कारण दुई देशबीच तनाव निम्तिएको थियो। 

यसअघि पेगोङ त्सो ताल र कैलाशको उत्तर तथा दक्षिणतर्फ रहेको सैनिक दुवै देशले हटाएका थिए। 

सन् १९६२ देखि युद्ध र तनाव श्रृंखला जारी

भारत र चीनबीच १९६२ मा व्यापक स्तरको परम्परागत युद्ध (कन्भेन्सनल वार) भएको थियो।

१९६७ मा भएको सैनिक तनावलाई झडपको संज्ञा दिइए पनि त्यतिखेर चिनियाँ जनमुक्ति सेनाले सिक्किमलाई लगभग कब्जा गरेको थियो। चीनले ना थुलामा रहेको भारतीय सैनिक पोष्ट नै उडाइदिएको थियो।

तर, भारतीय सैनिकका लागि अनुकूल भूगोल रहेका कारण चिनियाँ जनमुक्ति सेना पछि हटेको थियो। ११ सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म चलेको सो सैनिक तनाव अन्त्यका लागि सिजफायर गर्न दुवै देश सहमत भएका थिए।

त्यसयता पनि भारत र चीनको सिमानामा दुई देशका सेनाबीच झडप भएपनि सैनिकहरूको मृत्यु हुनेगरी तनाव बढेको थिएन।

तर, गत वर्ष असार १ गते साेमबार लद्दाखको गलवान उपत्यकामा भएको झडपमा कमान्डरसहित २० भारतीय सैनिक घटनास्थलमै मारिएका थिए। चीनतर्फ पनि सैनिक हताहती भएको थियो।

भारत र चीनबीच बारम्बार सीमा विवाद भएपनि त्यतिखेर सैनिकको ज्यान नै जानेगरी ४५ वर्षपछि हिंसात्मक झडप भएको हो।

प्रायः सबै छिमेकी सबै देशहरूसँग भारतको सीमा विवाद छ। विवाद नै नभएपछि कहिले सीमा अतिक्रमण गरेर त कहिले नक्सामा छिमेकीको भूगोल हुलेर भारतले यस्तो विवाद निम्त्याउने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.