|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको, तर पाए नछाड्ने बताएका छन्‌।

आफ्नै निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्। तर, नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा भने पछि नहट्ने उनले बताए।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ थियो।

आफूहरू प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि देउवाले बताए। ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिनुभएको छैन, त्यस मानेमा बहुमतकै सरकार छ अहिले। बहुमतप्राप्त सरकार भएको बेलामा हामीले अरू कुनै कुरा सोच्ने कुरा छैन। त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ,' उनले भने, 'बहुमतको सरकारसँग हामीले निउँ खोज्ने कुरा छैन। हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन। हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं। तर, राजनीतिक परिस्थितिबाट यदी भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ।’

वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भन्नसक्ने अवस्था नरहेको देउवाले बताए। सर्वोच्च अदालतले संसद पुन:स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.