|

काठमाडौं : काठमाडौंकी सिद्धार्थ वनस्थली इन्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधन भएको छ।

पारिवारिक स्रोत अनुसार उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान साढे ८ बजे निधन भएको हो। दुई साताअघि घरको भर्‍याङबाट लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। लक्ष्मणको आज दिउँसो नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

उनका श्रीमती‚ दुई छोरा र एक छोरी छन्। राजवंशी नेपाः राष्ट्रिय पार्टीबाट संविधानसभा सदस्य समेत रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.