|

विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन्।

सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ७३७, फ्रान्समा २१७, रूसमा ४००, टर्कीमा ३३९, इटलीमा ३२२ संक्रमितको मृत्यु भएको छ।

विश्वभर हालसम्म १४ करोड ७० लाख ३९ हजार ७८० मानिस संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३१ लाख १२ हजार २९१ जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.