|

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले दायर गरेकाे रिट निवेदनमाथि सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएकाे छ। वैशाख ९ गते दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ भइहरेको हो। 

निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु टिकाराम भट्टराई, गोविन्द बन्दिलगायतले बहस गरिरहेका छन्। नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिट निवेदनमा सर्वोच्चले नेकपा एकता बदर गरेर फागुन २३ गते पार्टीलाई पूर्ववत अवस्थामा फर्काए पनि अध्यक्ष केपी शर्मा ओलीले स्वइच्छाचारी ढंगलबारे पार्टी सञ्चालन गरेको, निर्वाचित पदाधिकारीहरुलाई विधान विपरीत बर्खास्त गरेको र सांसदहरुलाई समेत बिना कारण पार्टीबाट निकाल्न लागेकाले त्यसलाई रोक्न माग गरिएको छ।

रिटमा २७ जना सांसदहरुमाथि गर्न लागिएको कारबाही रोक्न अध्यक्ष ओली र निर्वाचन आयोगलाई अन्तरिम आदेश दिन माग गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.