|

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ। बैशाख १५ गतेदेखि अर्काे सूचना नआएसम्मको लागि पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको हो।

स्वास्थ्य मापदण्ड विपरित विवाह ब्रतबन्ध जस्ता कार्यक्रम नरोकिएकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

‘मापदण्ड विपरित सञ्चालित पार्टी प्यालेसमा हुने भिडभाडले कोभिड–१९ को संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको हो’, उनले भने। यसअघि प्रशासन कार्यालयको स्वीकृति लिएर विवाह तथा ब्रतबन्धका कार्यक्रम गर्न दिइएको थियो। कार्यालयको स्वीकृति पनि नलिने र अत्यधिक भिडभाड हुने गरी यस्ता कार्यक्रम हुन थालेपछि पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको लामिछानेले बताए।

सूचनाको अवज्ञा गरिए संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार त्यस्ता कार्यक्रम आयोजना गर्ने र पार्टी प्यालेस सञ्चालकलाईसमेत कारबाही हुने उनले बताए।

चितवनमा आज (मंगलरबार) सम्म कोरोनाका सक्रिय संक्रमित चार सय ५८ जना छन्। सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लामा निषेधाज्ञा लगाउने तयारी प्रशासनको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.