|

धनगढी : सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि कैलालीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापनको बैठकले बैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। निषेधाज्ञाको अविधमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने जनाइएको छ।

यसैबीच प्रहरीले प्रदेशको अस्थायी मुकाम धनगढीमा 'तपाईंको मास्क खोइ?' अभियान थालेको छ। कोरोनाको जोखिम बढेको भन्दै सर्वसाधारणलाई मास्क लगाउन अनुरोधका साथ प्रहरीले उक्त अभियान थालेको हो। वडा प्रहरी कार्यालय धनगढीले सडकमा हिँडिरहेका सर्वसाधरणहरुलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न अनुरोध गर्न अभियान नै सञ्चालन गरेको हो।

सामान्य लापरबाहीले पनि कोरोना महामारी फैलिन सक्ने भन्दै सचेत बनाउन अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.