|

पोखरा : गण्डकी प्रदेशसभाको बैठकमा दुई जना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि जसपाका संसदलीय दलका नेता हरिशरण आचार्यले आफ्नो धारणा सामाजिक सन्जालमा सार्वजनिक गरेका छन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सांसदहरु नै सांसद खोज्न हिँड्नु परेपछि संसदीय व्यवस्थाको कुरुप’

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा निर्णयक मानिएको राजमोका सांसद खिमबिक्रम शाही र एक स्वतन्त्र सांसद राजीव विक्रम शाही सम्पर्कविहीन भएका छन्। उनीहरुलाई प्रतिपक्षले तारन्तार सम्पर्कको प्रयास गरिरहेका छन्। तर, दुवैको फोन स्वीचअफ छ।

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ।

माओवादी, कांग्रेस र जसपाका २८ सांसदले हस्ताक्षर गरेर गत वैशाख २ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। राजमोका एक सांसद मतदान गर्ने समयसम्म उपस्थित नभएमा गुरुङ नेतृत्वको सरकार टिक्ने पक्का छ। आज नै मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.