|

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

१४ हजार ४ सय ३ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ६ र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। २४ घण्टामा १२ सय ८७ जना निको भएर घर फर्किएका छन्। 

पछिल्लो तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको मन्त्रालयले जनाएको छ। कूल मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार आज ६७ जना क्वारेन्टाइनमा रहेका छन्। हालसम्म २४ लाख ८८ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.