|

पाल्पा : पाल्पामा शुक्रबार रातिदेखि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञाका कारण सदरमुकाम तानसेन बजार सुनसान छ। पहिलो दिन शनिबार (आज) बजार पसल सबै ठप्प छन्।

लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन चलेका छैनन्। मानिसहरू समेत खासै सडकमा निस्किएका छैनन्। पानीका ट्याङ्कर, ढुवानी साधन र एम्बुलेन्स फाटफुट मात्र गुडेका छन्।

निषेधाज्ञाको पहिलो दिन प्रभावकारी कार्यान्वयन भएको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराइले बताए।

केही सवारी साधन निषेधाज्ञा उल्लंघन गरेर गुडेको भएपनि निषेधाज्ञा पूर्णरुपमा पालना भएको उनले जानकारी दिए। पहिलो दिन केही समय रोकेर सम्झाइबुझाइ छाडेको भट्टराइले बताए। निषेधाज्ञालाई प्रभावकारी बनाउन जिल्लाभरी दुई सय ६० जना प्रहरी परिचालित छन्।

शुक्रबारसम्म पाल्पामा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ५९ पुगेको छ। जसमध्य तीन सय ५० सक्रिय संक्रमित छन्। यि मध्य २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीन सय २७ जना होम आइसोलेसनमा छन्। संक्रमित ४० जनाको मृत्यु भएको छ।

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.