|

दैलेख : दैलेखमा कोरोना ग्राफ दिन प्रतिदिन उकालो लाग्दै छ। तर, नीति नियम बनाउने र जनतालाई सुरक्षित बस्न आग्रह गर्ने कर्णाली प्रदेश सरकारका मन्त्रीले प्रशासनले तोकेको मापदण्ड विपरित भेला गरेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखले केही दिन अघि एक सूचना जारी गर्दै राजनीतिक दलका भेला, भिडभाड लगायतका सभा, समारोह नगर्न आग्रह गरेको थियो। प्रशासनको सूचनालाई अवज्ञा गर्दै प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री अमरबहादुर थापाले त्यसको भेला गरेका हुन्।

प्रशासनले २५ जना भन्दा बढी भेला हुन, गर्न नपाइने भनेको भए पनि मन्त्री थापा उपस्थित कार्यक्रममा ४० जना भन्दा बढी सहभागी रहेको खुलेको छ। मन्त्री थापाले भगवतीमाइमा आफू सडक हेर्न गएको बताए।

‘सडक हेर्ने र सामान्य भेटघाट थियो। भेटघाटमा आफूले १५–१६ जना भन्दा बढी उपस्थित नहुन भनेको थिएँ। मान्छेको उपस्थिति बढ्दै गएपछि केही समयमै कार्यक्रम स्थगित गरियो’ थापाले भने।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्ला प्रशासनले २५ जना भन्दा बढी भेला नहुन आग्रह भन्दै जाने बुझेका मान्छेबाट नियमको उल्लंघन हुनु राम्रो नभएको बताए। ११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म कोरोनाका एक सय ३२ जना संक्रिय संक्रमित छन भने आठ जनाको मृत्यु भइसकेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.